मुखमा टेप टाँसेर रत्नपार्क क्षेत्रमा सहकारी पीडितहरुको प्रदर्शन

काठमाडौं । आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा मुखमा कालोटेप टाँसेर विरोध प्रदर्शन गरेका छन् । देशभरबाट आएका सहकारी पीडितहरूले मानव साङ्लो बनाएर काठमाडौंको सडकमा मार्चपास गरेका हुन् ।

सहकारीमा समस्या समाधानका लागि भएको सहमति ६५ दिन पुग्दा पनि कार्यान्वयन भएको भन्दै सहकारी पीडितहरूले मानव साङ्लो बनाए विरोध गरेका हुन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कबाट मानव साङ्लो बनाउँदै पीडितहरूलाई सडकमा उतारेको हो ।

सहकारी पीडितहरूले माइतघीर हुँदै काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर प्रदर्शन गर्दै सरकारलाई दबाब दिएका हुन् । उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिपी काेइराला : राजनीति र साहित्यका समानान्तर शिखर व्यक्तित्व

क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

प्रतिकृया दिनुहॊस