तीन प्रदेश प्रमुख नियुक्त, यी हुन् पदमुक्त हुनेहरु (सूची)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविको पक्राउपछि तातियो पोखरा, निरन्तर प्रदर्शनको तयारीमा रास्वपा

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

प्रतिकृया दिनुहॊस