नेपाल लाइफ इन्स्योरेन्सको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न गरेको छ । कम्पनीले साउन ११ देखि १३ गतेसम्म ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ कार्यक्रम मनाएको बताएको छ ।

कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारी सहभागी रहेका थिए । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा भर्चुअल रूपमा बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले आर्थिक वर्ष २०८०/०८१ मा गरेको आउटटेन्डिङको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई दिएका थिए । यस्तै, कार्यक्रममा सञ्चालक ढकाल र प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित हुनेलाई बधाई दिए ।

अभिकर्ताकै अथक मेहनत र परिश्रमले नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुने सीईओ पराजुलीको विश्वास छ ।

कार्यक्रममा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट १४१ अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस