शेयर बजारको इतिहासमा हालसम्मकै उच्च कारोबार, एकैदिन २१ अर्ब ९१ करोडको किनबेच

काठमाडौं । सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो ।

सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो । यो दिन ६४.२५ अंकले बजार बढेर २ हजार ७६०.९० विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि बजार उच्च अंकले बढेको थियो । यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १०.६५ अंकले बढेर ४९६.०३विन्दुमा बन्द भएको छ ।

३३२ कम्पनीको ५ करोड कित्ताभन्दा धेरै शेयर किनेबेच हुँदा २१ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । बुधबारको शेयर कारोबार यो २ वर्ष ११ महिना १८ दिनपछिकै उच्च हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत सोमबार भने १९ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

यो दिन पनि सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रि-इन्स्योरेन्सको छ । उक्त कम्पनीको ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । माउन्टेन इनर्जिको ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

शिवम सिमेन्टको ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ। …

प्रतिकृया दिनुहॊस