भि-चित्रलाई भारतमा २ स्वर्ण र १ रजत

काठमाडौं । नेपाली विज्ञापन एजेन्सी भि-चित्रले भारतमा प्रतिष्ठित पुरस्कार हात पारेको छ ।

रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले हालै भारतमा आयोजना गरेको फ्लेम अवार्ड समारोहमा नेपालको विज्ञापन एजेन्सी भि-चित्रले २ स्वर्ण र १ रजत पुरस्कार पाएको हो ।

भि-चित्रले लोकप्रिय नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धीको ब्राण्ड ‘लिभोन’को लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यसका साथै भि-चित्रले लिभोन प्रोफेसनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस