दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो सल्कियो

काठमाडौं । दाङमा गुडिरहेको ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा आगलागी भई जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीकाअनुसार आइतबार बिहान लमही नगरपालिका-९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा करिब ४ः२५ बजेको समयमा ट्रकमा एक्कासी आगलागी भएको हो । ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाले छ,’ उनले भने ।

ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा कञ्चनपुरको कृष्णनगर नगरपालिका-२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् ।

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक केसीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३६ उपसचिवको सरुवा, फेरिए १२ जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds