लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं । मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

यो पनि : पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर गड्तौलाले रचिन इतिहास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बित भएका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् । गड्तौला पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds