काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ हजार ४ सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।
तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिकृया दिनुहॊस