त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ । उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन् ।

शनिबारदेखि नै सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने सशस्त्र प्रहरी बलका डिआईजी प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । उनकाअनुसार विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्नेछ ।

नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको छ । ३७ जना हराइरहेका छन् ।

गत शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस