काठमाडौं । नेपालले जारी महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । यसअघि खेलेको दुई संस्करणमा नेपालले जितको खाता खेल्न सकेको थिएन ।
युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।
युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।
अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ ।
प्रतिकृया दिनुहॊस