त्रिशूलीमा दुई बस बेपत्ता भएको एक बित्यो, भारतसम्म पुगे शव (अपडेट)

काठमाडाैं । अघिल्लो शुक्रबार बिहान दुईवटा बस चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका थिए । तर, हप्ता पुग्दासम्म पनि बस फेला परेका छैनन् ।

गत शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए ।

नदीमा बेपत्तामध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । आज बिहान (शुक्रबार) नवलपरासीस्थति नारायणी नदीमा थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । अब अझै ४० जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

बससँगै त्रिशूली नदीमा बगेका यात्रुका शव नारायण नदी हुँदै भारतसम्म पनि पुगेको पाइएको छ । बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उनले बताए । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो । खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, गोताखोर गरी ५ सय जना सोनार क्यामेरासहति खटिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस