मंगलबार ९ सयले बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मानुषी लघुवित्तको सम्पन्न गर्‍यो विशेष साधारण सभा

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस