रुकुम पश्चिममा बाढीले घर घगाउँदा पुरिएका तीन बालिकाको शव निकालियो

काठमाडौं । रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका-१२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उनी बसेको घरमै पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगर प्रमुख केसीले जानकारी दिए । बाढीमा परेर घाइते भएका ७ जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते छन् ।

घटनाको पूर्ण विवरण संकलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगर प्रमुख केसीले जानकारी दिए । यो विवरण घटनास्थलमै रहेको प्रहरी टोलीले टिपाएको अद्यावधिक हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दोरम्बा पहिरो : घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइयो ६ शव, चारको खोजी जारी

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति गएको पहिरोमा परी मृत्यु भएका ६ …

प्रतिकृया दिनुहॊस