सरकारमा गएर गरेका कामप्रति हामी आफै सन्तुष्ट छैनौं : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले सरकारमा गरेको कमप्रति आफूहरूनै सन्तुष्ट नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।

उनले सरकारमा गएपछि आफू सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बिच आफूहरूले राम्रो काम गरेको दाबी गरेको छ । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोही कारणले रातारात दुई ठुला दल एक ठाउँमा आएको बताए ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरूले त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठुला दल एक ठाउँमा आउँदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस