पहिरोले डुम्रे-बेंसीसहर सडक अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेंसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेंसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेंसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेंसीसहर र बेंसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेंसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलो पटक अवरुद्ध भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। हिजोे …

प्रतिकृया दिनुहॊस