ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

गाउँपालिका अध्यक्ष गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए । उनको उपचारकै क्रममा सोमबार निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए ।

स्वर्गीय गच्छदारको अन्त्येष्टि आज गरिने छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री