सन्दीप टिममा आएपछि प्रतीशकी आमाको घुमाउरो असन्तुष्टि !

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने पनि विश्वकप खेल्ने भएका छन् । जसका लागि उनी वेस्ट इन्डिज पुगिसकेका छन् ।

नेपाल पनि अमेरिकामा श्रीलंकासँगको खेलपछि अन्य खेलका लागि वेस्ट इन्डिज जाँदै छ । वेस्ट इन्डिजमा हुने खेलमा सम्भवतः सन्दीप लामिछाने टिममा पर्नेछन् ।

सन्दीप टिममा पर्दा एक खेलाडीको प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यस्तोमा वैकल्पिक खेलाडीको रुपमा प्रतीश जिसीलाई टोलीमा राखिएको बुझिएको छ ।

प्रतीशलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी आमा प्रतिभा जिसीले भने घुमाउरो ढंगले असन्तुष्टि जनाएकी छन् । सन्दीपलाई शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ ?’

यद्यपि उनले सन्दीप टिममा समावेश हुँदा मन खुसी भएको पनि बताएकी छन् ।

हेर्नुहोस् उनले लेखेको प्रतिक्रिया

जुन ११ फ्लोरिडा मा हुनगइरहेको नेपाल vs श्रीलंका को गेम हेर्न जाँदै थिए। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिएन राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुने। बाबुले पनि केही भनेको थिएन। एकैचोटि समाचार सुन्दा मनभारी भयो,फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो। मैले नबुझेको पनि हुनसक्छु , मनमा लागेको कुरा चाहिँ स्पिनर बलरको substitute लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ? त्यो चाहिँ बुझ्न सकिन , तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु 🙏 नेपाल किर्केट टिम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दिप लाइ शुभकामना

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस