मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको छ । शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले गत असोज १६ गते बझाङ केन्द« विन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित श्री भवानी आधरभूत विद्यालयको भवन पुनः निर्माणका लागि बैंकले सहयोग गरेको हो ।

बैंकले नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ । हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । …

प्रतिकृया दिनुहॊस