डा शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने बेला राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले प्रश्न गरेका हुन् ।

त्यस्तै दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन् । उनले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति प्रश्न गरेका हुन् । ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नव निर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ?’ कोइरालाले प्रश्न गरेका छन् ।

उनले नाम उल्लेख नगरे पनि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण हुँदैछ । शपथ ग्रहणमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जाने कार्यक्रम रहेको छ । केही दिनअघि मन्त्रिपरिषद् बैठकले भारतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, पुरस्कृत भए यी ४० जना (नामसहित)

काठमाडौं । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहॊस