डेनमार्ककी प्रधानमन्त्रीमाथि बीचसडकमै आक्रमण

काठमाडौं । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । बीबीसीकाअनुसार उनीमाथि कोपेनहेगनको बीचसडकमै आक्रमण भएको हो ।

शहरको मध्य भागमा रहेको चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।’

उनको अवस्था भने सामान्य छ । आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । पक्राउ परेका आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा गोली प्रहार गरी महिलाको हत्या

काठमाडौं । डडेल्धुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहॊस