हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । कमलादि स्थित हेयर एण्ड शान्ति (Hair and Shanti) र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्य सम्बन्धी सेवा सुविधामा (Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बिहीबार एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतो सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पूजा थापा को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरूलाई १० प्रतिशत र कर्मचारीहरूलाई ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरूले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेस गर्नुपर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस