रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिम । भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।

बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए । कुलोबाट खेतमा पानी लगाएर फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लडेकाे रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए ।

गम्भीर घाइते भएका खड्कालाई जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस