अन्नपूर्ण केबुलकार र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ ।

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबुलकारका सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार केबुलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त हुनेछ ।

अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त केबुलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लमजुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबाराही, हरियाली प्राकृतिक छटाहरूको दृश्यका साथसाथै सूर्योदय र सूर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस