दक्षिणकालीमा युवा-युवती मृत फेला

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा नगरपालिका-८ स्थित केराबारीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।

मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको हुनसक्ने परिसरका एसएसपी वसन्त रजौरेले बताए । घटनास्थल नजिकै बागमती प्रदेश-००२ च-०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ ।

भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ । बाख्रा चराउन जाँदा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds