मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । चुनाव सम्पन्न भएसँगै बुधबार दिउँसो नयाँ प्रक्रियाका लागि उनले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालै सम्पन्न भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणामअनुसार सबैभन्दा ठूलो पार्टी भाजपाबाट नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ । भाजपासहितको गठबन्धन एनडीएले बहुमत प्राप्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस