आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साइकल र्‍याली तथा वृक्षरोपण

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवसको अवसरमा बुधबार वृक्षरोपण तथा साइकल र्‍याली आयोजना गरेको छ ।

उक्त र्‍याली कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु भएर नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्क, दरवारमार्ग हुँदै पुनः नारायणचौरमा आएर टुंगिएको थियो ।

उक्त र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायतका कर्मचारीहरु, पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठसहितका पदाधिकारी तथा स्पार्क ग्रूपका प्रतिनिधिको सहभागिता थियो ।

वातावरण दिवसको अवसरमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरु नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साइकल र्‍यालीमा सहभागि थिए ।

र्‍याली समापनका अवसरमा कम्पनीका सीईओ युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऔं, साइकलको प्रयोग गरौंं, स्वस्थ्य भएर जीवन जीऔं भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिहरुलाई विभिन्न जातजातका बिरुवाहरु वृक्षरोपणका लागि हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।निर्जीवन बीमाको क्षेत्रमा आइजीआई प्रुडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो ।

कम्पनीले सम्पत्ती, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी …

प्रतिकृया दिनुहॊस