काठमाडौं । फोनपेले मोबाइल फोनहरूमा भ्वाइस नोटिफिकेसन सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्।
फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।
यस नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्यूआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुन: परिभाषित गरेको कम्पनीले जनाएको छ। उक्त सुबिधाले एसएमएसमार्फत भुक्तानी पुष्टीकरणमा भर पर्नुपर्ने आवश्यकतालाई हटाएको छ।
यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एपको नयाँ भर्जनमा अपडेट गरी, “नोटिफिकेसन सेटिंग” बाट “भ्वाइस नोटिफिकेशन” सुचारु गर्न सक्नेछन्।
प्रतिकृया दिनुहॊस