खाना पकाउने ग्यास पड्किँदा एकै घरका ५ जनाको मृत्यु

काठमाडौं । भारतको बेंग्लोरमा खाना पकाउने ग्यास पड्किदा बझाङ घर भएका एकैघरका ५ जनाको मृत्यु भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ सुइल घर भई विगत ६ वर्ष देखि वेंग्लोरमा रोजगारी गर्दै आएका मदन बोहराको ५ जनाकै परिवारको मृत्यु भएको हो ।

राति खाना खाएर घरमा सुतिरहेको बेला ग्यास लिक भएर पड्किदा उनीहरू घाइते भएका थिए । उपचारका लागि भिक्टोरिया अस्पताल लगिए पनि उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा मदन बोहरा,उनी श्रीमती प्रेमजला धामी बोहरा,छोरीहरू अनिता बोहरा,निता बोहरा र छोरा प्रशान्त बोहराको मृत्यु भएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३६ उपसचिवको सरुवा, फेरिए १२ जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds