[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।
दुई समूहबिच शनिबार राति ८ बजेतिर सडकमा झगडा हुँदा हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालले जानकारी दिए । उनकाअनुसार घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको छ ।
हत्याको कारण भने खुलेको छैन । धिमाललाई गए राति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।
तपाईंको प्रतिकृया



