फेसबुक : बिहे गरेर अमेरिका लैजाने भन्दै जसले ठगे २३ युवती

काठमाडौं । गत वर्ष प्रहरीले यस्ता एक युवकलाई पक्राउ गर्यो जसले फेसबुकबाट चिनजान गरी बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए, एक/दुई युवतीलाई होइन २३ जनालाई।

फेसबुकबाट सम्बन्ध विस्तार भएपछि जीवन तामाङ भन्ने मनबहादुर तामाङले अमेरिका जान केही खर्च चाहिएको भनेर माग्दै सँगसँगै यति धेरैलाई ठगी गरेका हुन्।

उनले युवतीहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेका थिए। तामाङले पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए। याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ। सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री