गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

काठमाडौं । गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ मा गए राति मलामी बोकेको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो ।

जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए । घाइतेमध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस