काठमाडौं । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’
काठमाडौंको लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ। यो ३० वर्ष पूरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ। बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ।
परिषद्का कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन्। अाजकाे कान्तिपुरदैनिकमा दीपेन्द्र विष्टले याे खबर लेखेका छन्। ‘कर्मचारीलाई कहाँल लाने? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने? सडकमा फाल्नुभएन,’परिषद् उपाध्यक्ष नीलमणि बरालले भने।
हजारौं जनताको चन्दाबाट बनाइएकाले भवन अर्कै प्रयोजनमा प्रयोग गर्न दिन नहुने परिषद्को भनाइ छ। सहरी विकास मन्त्रालयले भवनमा रंगरोगन भइरहेको जनाएको छ। मन्त्रालयका एक अधिकारीले भने, ‘परिषद्का कर्मचारी सर्न नमाने प्रहरी लगाएर हटाइनेछ।’
तपाईंको प्रतिकृया



