काठमाडौं । चिनिमा सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ। संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकालाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो ।
तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँमा चिनी बिक्री गरेका थिए। लक्ष्मी सापकोटाले लेखेको यो खबर आजको कारोबारदैनिकमा छापिएको छ।
वाणिज्य आपूर्ति तथा उपोभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा ताहाचलमा रेको उनको उपभोक्ता सहकारी पसलले प्रतिकेजी ७८ रुपैयाँमा बिक्री गरेको फेला परेको थियो।
तपाईंको प्रतिकृया




