बलात्कारको भिडियो देखाएर पीडितसँगै बार्गेनिङ

काठमाडाैं । पर्सामा एक दलित महिलामाथिको बलात्कारको घटना एक महिनापछि सार्वजनिक भएको छ । बलात्कारको भिडियो देखाइदिने भन्दै पीडितसँगै पैसा मागेपछि पीडित आफैँले घटना सार्वजनिक गर्न बाध्य भएकी हुन् ।

वीरगंज १८ सौराहाका चार जना युवाहरू मिलेर ४० वर्षीया महिलालाई कात्तिक ५ गते सामूहिक बलात्कार गरी मोबाइलमा भिडियो रेकर्ड गरेका थिए । राति १० बजेको समयमा घरबाहिर खेतमा शौच गर्न गएको मौका छोपी सौराहाका मनोज साह तेली, कृष्ण साह, दिलीप सहनी र आकाश साहले जबर्जस्ती गरेका थिए ।

गाउँकै पश्चिममा पर्ने डोकैला बजारमा लागेको मेला हेरेर मदिराको नशामा चार जनाले एक्लै महिलालाई देखेपछि बलात्कार गरेको पीडित महिलाको आरोप छ । आकाशले मोबाइलमा भिडियो खिची कात्तिक ७ गते २५ हजार रुपैयाँ नदिए गाउँमा भिडियो देखाएर हल्लीखल्ली मच्चाउने धम्की दिएको पीडितको भनाई छ । घटना गाउँमा फैलिने डरले बलात्कृत महिलाले गाउँकै सामाजिक कार्यकर्ता रुपा पाण्डेलाई जानकारी गराई कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपित चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

जाहेरी परेपछि प्रहरीले मुचुल्का तथा अनुसन्धान थालेको थियो । तर तीन साता बिते पनि आरोपित पक्राउ परेका छैनन् । आरोपित पक्षबाट ५ लाख रुपैयाँ र ५ कट्ठा खेत पीडितको नाममा गरिदिने गरी घटना मिलापत्र गर्न दबाब आएको गाउँले बताएका छन् । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले घटनाबारे जानकारी प्राप्त भएसँगै सुरक्षाकर्मी परिचालन गरी फरार अभियुक्तको खोजी तथा अनुसन्धान भइरहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस