दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो ।

सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए ।

दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् । दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मुल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको थियो ।

त्यसैगरी कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस