राष्ट्रियसभा उपाध्यक्ष घिमिरे पार्टी जिम्मेवारीबाट अलग

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् ।

उनले भनेकी छन्- ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थप दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका …

प्रतिकृया दिनुहॊस