एमाले अध्यक्ष ओली अस्वस्थ, उपस्थित भएनन् परिषद् बैठकमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएका कारण उनी एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठकमा सहभागी भएका छैनन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो ।

‘अध्यक्ष ज्यूलाई रुघाखोकी लागेको छ । भीडभाडमा जाँदा सङ्क्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहनु भएको छ,’ सचिवालयले भन्यो । अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक सुरु भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए । प्रतिनिधि परिषद्को दोस्रो दिनको बैठकमा आइतबार ६ वटा समूह बनाइएको छ ।

समूहमा शनिबार पेश भएको राजनीतिक, सांगठनिक र केन्द्रीय निकाय (लेखा, कानुन, अनुशासन आयोग र सल्लाहकार परिषद्) हरूको प्रतिवेदनमाथि छलफल भइरहेको छ । प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना प्रतिनिधि सहभागी छन् । टोली नेताहरूले दस्तावेजमाथि आ-आफ्नो समूहको छलफलको निचोड सुनाउने छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतले उठेका प्रश्नको जवाफ दिएर प्रतिनिधि परिषद्को बैठक सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस