स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे १०,००० र बम्परमा एक जनाले १००,००० जित्न सकिने भएको छ । स्मिथ एण्ड स्मिथसँगको साझेदारीमा ईसेवा मनी ट्रान्सफरले नयाँ योजना सुरू गरेको हो ।

यो योजना आगामी जुलाई १५ सम्म लागु हुनेछ । ईसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालाले स्मिथ एण्ड स्मिथसँगको साझेदारीमा यो योजना सुचारू भएसंगै अब रोमानियामा बस्ने नेपालीहरुले ईसेवा मनी ट्रान्सफरमार्फत सहज रुपमा नेपाल पैसा पठाई अफरको फाइदा लिन सक्ने भएका छन् ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस