बैंकहरूले घटाए ब्याजदर, अब कुन बैंकको कति ?

काठमाडौं । वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो ।

चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियाे । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् ।

नबिल बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर स्थिर राखेका छन् । एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर चैत्र महिनाको तुलनामा बढाएका छन् । घटाएर ब्याजदर सार्वजनकि गर्ने बैंकहरूमा प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र एसबीआई बैंक रहेका छन् ।

वैशाख महिनाको लागि व्यक्तिगत मुद्दतिमा एनआईसी एसिया बैंकले ७.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ६.५५ प्रतिशत, ग्लोबल आईएमई बैंक ७ प्रतिशत, माछापुच्छ्रे बैंक ७.२५ प्रतिशत, प्राइम कमर्सियल बैंक ७.१० प्रतिशत, सिटिजन्स बैंक ७.५ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत ब्याजर तोकेको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंक ७ प्रतिशत, सिद्धार्थ बैंक ७.२५ प्रतिशत, कुमारी बैंक ७.११ प्रतिशत, सानिमा बैंक ७.१० प्रतिशत र एसबीआई बैंक ६.५३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंकले व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशत ब्याजदर कायम गरेको छ । उक्त एनएमबीले चैत्र महिनाको लागि व्यक्तिगत निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै एभरेष्ट बैंकले चैत्र महिनाको लागि ६.५ प्रतिशत ब्याजदर कायम गरेकोमा वैशाख महिनाको लागि ७ प्रतिशत ब्याजर तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस