ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । काठमाडौंमा भइरहेको प्रदर्शनबाट शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो भृकुटीमण्डप,भद्रकालीलगायत क्षेत्रमा प्रदर्शनका क्रममा आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई पक्राउ गरिएको हो ।

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गरेका थिए । त्यसपछि झडपको र मुठभेडको स्थिति भएको थियो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको छ । प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री