सभामुख र मनाङेको समेत समर्थनमा अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । गण्डकीमा एमालेका २२, माओवादीका ८ र दीपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ ।

तर बहुमत पुर्‍याउन सभामुखको मत पनि जोडिएकाले यसअघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ । कोशीमा सभामुखले बहुमत पुर्‍याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो । गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जंगली च्याउ खाँदा भीमफेदीमा परिवारका सात जना बिरामी, एकको अवस्था गम्भीर

काठमाडौं । जंगली च्याउको तरकारी खाँदा मकवानपुरमा एकै परिवारका सात जना बिरामी परेका छन् । …

प्रतिकृया दिनुहॊस