हिमालयन बैंकले बिक्रीमा राख्यो १३ लाख कित्ता संस्थापक सेयर

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । एक सूचना जारी गर्दै बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा रहेको जानकारी दिएको हो ।

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।’

खरिद गर्न इच्छुकले हिमालयन बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस