एक्सप्लोर नेपाल च्यानलका सब्सक्राइबरहरूले डोमेस्टिक बस र फ्लाइट टिकटदेखि लग्जरी रिसोर्टहरूमा फ्री स्टेसम्मका आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
काठमाडाैं । वैशाख एक गते नजिकिँदै गर्दा उत्साह, उत्सव र अन्वेषणको एक भाइब्रेन्ट अवसरको रुपमा आउने नयाँ वर्षलाई स्वागत गर्न नेपाल तयार हुँदैछ । यस शुभ समयमा घुमफिरको मोहलाई अँगाल्न, राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ । यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने विश्वास गरिएको छ ।
भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ । २०८० चैत्र ७ गतेदेखि घुमन्तेले हाम्रा सब्सक्राइबरहरूलाई छ हप्ताको भर्चुअल अभियानमा नेपालका विविध भू-भागहरूमा रमाइला पोष्टहरू गर्दै, अमूल्य अन्तर्दृष्टिहरू दिँदै र यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्दै घुमाउन लैजानेछन् ।
यस अभियानको विशेष आकर्षणका रूपमा सहभागीहरूका लागि आकर्षक उपहारहरु पनि छन् जुन गत वर्षका उपहारहरु भन्दा एक कदम अझै माथिका हुनेछन् । च्यानलले प्रत्येक हप्ता एक क्विजको आयोजना गर्नेछ जहाँ भाग्यशाली सहभागीहरूले हाम्रा पार्टनरहरूको सौजन्यमा निम्न प्राइजहरू जित्न सक्नेछन् :-
- तीन जना विजेताका लागि बस सेवा मार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकटहरू
- एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट
- सस्तो टिकटले एक भाग्यशाली विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट दुईजनालाई अनुभव पनि गराउने छ।
- बम्पर प्राइज: प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्नेछन्।
‘म फेरि यस अभियानको हिस्सा हुन पाउँदा खुशी छु ! गत वर्षको सहकार्यले धेरै युजरहरूलाई रमाइलो भयो । उपहारहरुका कारणले मात्र होइन, यात्राका क्रममा नयाँ–नयाँ दर्शकहरूसँग माया बाँड्न पाएकोले पनि मलाई धेरै आनन्द लाग्यो। यो नयाँ वर्षमा यो सबै फेरि गर्न म झनै उत्साहित छु,’ घुमन्तेले भने ।
नयाँ वर्ष अभियानले नेपालको प्राकृतिक सौन्दर्यलाई हाइलाइट गरी स्थानीय पर्यटन प्रवर्द्धन गर्ने भाइबरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । ‘हामी यात्रुहरूलाई देशका प्राकृतिक सम्पदाहरूमा डुब्न आमन्त्रित गर्दछौं । हामीले यस अभियानमार्फत् हाम्रा कम्युनिटीका सदस्यहरूबीच सार्थक सम्बन्ध बढ्ने र साहसिक भावनाका साथ २०८१ लाई स्वागत गर्ने आशा गरेका छौं,’ राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले भने ।
एक्सप्लोर नेपाल च्यानल मार्फत् युजरहरूले नेपालका लुकेका सम्पदाहरू कसरि उजागर गर्ने तथा नेपाली जनता र सम्पदाबीचको बलियो बन्धनलाई कसरी बढाउने भन्ने बारेमा प्रेरणा पाउन सक्छन् ।
युजरहरूले अब एक्सप्लोर नेपाल च्यानलमा सब्सक्राइब गर्न सक्छन्, जहाँ नेपाल नयाँ वर्ष अभियान वैशाख १८, २०८१ सम्म चल्नेछ ।
राकुटेन भाइबरको बारेमा:
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ । राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।
प्रतिकृया दिनुहॊस