आयरल्याण्डविरुद्ध नेपाल ‘ए’को सान्त्वना जित

काठमाडौं । आयरल्याण्डविरुद्ध नेपाल ‘ए’को सान्त्वना जित हात पारेको छ । सिरिज गुमाईसकेको नेपालले अन्तिम खेलमा आयरल्याण्ड वुल्भ्स्विरुद्ध ३ रनको जित हात पारेको छ ।

तीन खेलको टी–२० शृंखला भने आयरल्यान्डले २–१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले २० ओभरमा २१० रनमात्र बनाएको हो ।

आयरल्याण्डका लागि ग्यारेथ डेलानीले ६८ रन बनाएका थिए भने मोर्गेन टोपीङले ६० रन बनाएका थिए ।

नेपालका लागि विपीन खत्रीले ३ विकेट लिए भने कमल ऐरी, नारायण जोशी र रसिद खानले १÷१ विकेट लिए ।

त्यसअघि नेपालका आरिफ शेखको उत्कृष्ट ९३ रनसँगै नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस