नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको बैंकले जनाएको छ ।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस