फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी हो । यी दुई कम्पनीबीच नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै अब दुवै कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यतामा काम गरिने बताइएको छ । फोनपे र जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन् । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना १क्यू, केबी वालेट, आईएमबैंक, टीओएसएस, हाना मनी र जीएलएन एपजस्ता बैंकिङ एप्समार्फत फोनपेका तेह्र लाख स्टोरहरूमा रियल टाइम पेमेन्ट क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

‘विश्वभरि क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जीएलएन र फोनपेसँग यो सहयोगी यात्रामा म उत्साहित छु,’ जीएलएनका सीईओ क्यूङ्घो किमले भने, ‘यो पार्टनरसिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई नयाँ आयाम थपेको छ, त्यसै परस्पर सीमाहरूबीच इन्नोभेटिभ पेमेन्ट सोलुसन प्रदान गर्ने हाम्रो मिसनलाई पनि सार्थक तुलाएको छ ।’

फोनपेका सीईओ दिवस कुमारले भने, ‘हामी जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न सक्षम भएका छौँ र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौँ । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ भने वित्तीय समावेशिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस