काठमाडौं । नेपालले आयरल्यान्ड वल्भसलाई पराजित गरेको छ । टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित दर्ता गरेको हो ।
जितका लागि १२२ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे । कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए ।
त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रन बनाएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो बलमा आसिफ शेख आउट भएलगत्तै रोहित पौडेललाई शून्यमा आउट भएका थिए ।
दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरेका थिए । लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भएका थिए ।
प्रतिकृया दिनुहॊस