जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त

काठमाडौं । जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई आजै शपथ गराउने तयारी भएको छ । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले …

प्रतिकृया दिनुहॊस