सरकारले भन्यो- सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन, संसदीय छानबिन समिति बन्दैन

काठमाडौं । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ ।

शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने बताइन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ ।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको बताइन् । ‘सैद्धान्तिक रूपमा संसदीय समिति हुँदैहुँदैन भन्ने होइन । कुनै विषयमा बन्न सक्छन् । त्यो आवश्यक छ कि छैन, यो विषय संसदीय छानबिन समिति बनाएर गर्नुपर्ने हो कि होइन भन्ने विषयमा सरकारले त्यस्तो आवश्यकता देखेको छैन,’ उनले भनिन् ।

यथेष्ठ प्रमाण भए जोसुकै व्यक्ति भए पनि कारबाहीमा आउने उनले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after