कृषि विकास बैंकको ‘ग्लोबल मनि वीक’ कार्यक्रम

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सोमवार ग्लोबल मनि वीक कार्यक्रम सञ्चालन गरेको छ । सन् २०१२ देखि मार्च महिनामा संसारभरी मनाउँदै आएको साक्षरता कार्यक्रमको एउटा हिस्साको रुपमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि वीक सन्दर्भमा कृषि विकास बैंक लिमिटेड, वागमती प्रदेश कार्यालय, गौशाला, काठमाडौंको संयोजनमा शाखा कार्यालय पाँचखालले यो कार्यक्रम आयोजना गरेको हो ।

पाँचखाल नगरपालिकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा ग्लोबल मनि वीकको पहिलो दिनको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा वित्तीय साक्षताका सम्बन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत अन्य विषयका सम्बन्धमा बैंकका उप–महाप्रवन्धक यज्ञप्रकाश न्यौपानेले प्रकाश पारेका थिए ।

त्यसक्रममा न्यौपानेले विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालनजस्ता विषयका सम्बन्धमा जानकारी प्रदान गरेका थिए ।

सन् २०१२ देखि सञ्चालन हुँदै आएको यो कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्व भरीका १७६ मुलुकका ४० हजार संस्थाहरुको संलग्नतामार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् । बैंक तथा वित्तीय संस्थामार्फत कारोवार गरी नगदरहित समाजको सृजना गर्दै हरित मुद्रा (ग्रीन मनि) का माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ ।

कार्यक्रम सर्वमंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडेल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंकमार्फत कारोवार गर्नुको फाइदाका सम्बन्धमा प्रकाश पारेका थिए ।

वागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मदुसुदन खकुरेलद्वारा सञ्चालन गरिएको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रवन्धक विनोद कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after